एएनएमसी मेलबर्नमा लगाइयो दशैंको टीका, दुवै दिन जमरा वितरण

अष्ट्रेलियामा रहेका हिन्दु नेपालीहरुले बडा दशैंका दिन, आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरेका छन् ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अष्ट्रेलियामा असोज २७ गते (अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने निर्णय गरे पनि  नेपाली समुदायले शनिबार टिका लगाएका छन्। आज ११ बजेर ४५ मिनेटको शुभ साइतमा टीका लगाइएको हो । बाल व्यास श्रवण न्यौपाने र पण्डित नारायण ज्ञवालीले मन्दिरमा आउनुहुने श्रद्धालुहरुलाई टिका तथा जमरा लगाइदिनुभएको छ ।

फरक/फरक दिनमा टिका लगाउनेहरूको चाहना अनुसार अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)ले मन्दिरलाई टीकाको लागि दुवै दिन खुला गर्ने निर्णय पनि गरेको छ।

Related Articles

Back to top button