हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

अष्ट्रेलियन नेपलीज बहुसांस्कृतिक केन्द्रद्वारा आयोजित हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विशेष पूजा तथा कलाकारहरुको प्रस्तुति सहितको नाचगान सहित आयोजना गरिएको कार्यक्रममा हजारौंको संख्यामा उपस्थिति रहेको थियो। तीज विशेष पूजा बिहान ७ बजेदेखि सुरु भएको थियो, जसमा श्रद्धालु महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रह्यो। मन्दिरका मुख्य पण्डित नारायण प्रसाद ज्ञावलीले दिनभर पूजाआजा गराउनुभएको थियो।

काठमाडौ स्थित पशुपतिनाथ मन्दिरकै झल्को दिने गरी श्रद्धालु दिदिबहिनीहरुले मन्दिरको दर्शन तथा पूजाआजा गरी नाचगान गर्नुभएको थियो। कार्यक्रममा नेपालको लोक संगीत क्षेत्रका बहुचर्चित कलाकार रमेश बिजी, खुमन अधिकारी र शोभा त्रिपाठीको विशेष सांगीतिक प्रस्तुती रहेको थियो। इन्द्रेणी ग्रोसरी, क्र्यागीवर्न नेपाली समाज, इमिग्रेट लयर्सको सहयोग तथा दिदीबहिनी समाज भिक्टोरिया र नारी निकुञ्जसँगको सहकार्यमा आयोजित तीज कार्यक्रममा ३५ सय भन्दा बढी नेपालीहरु सहभागि भएको अनुमान गरिएको छ। कार्यक्रमको संयोजन यस संस्थाका सचिव डा. तिलक पोखरेलले गर्नुभएको थिय।

तीज कार्यक्रमलाई सम्बोधन गर्न आयोजित औपचारिक कार्यक्रममा ब्रोडमेडोजलाई प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्री क्याथलीन म्याथ्युज वार्ड, वेस्टर्न मेट्रोपोलिटनका लेजिस्लेटिभ काउन्लिर तथा बहुसांस्कृतिक छायाँ मन्त्री ट्रुङ लू, नर्दन मेट्रोपोलिटनकाका काउन्लिर तथा विधान परिषद्मा विपक्षी दलका उपनेता एभन मुल्होल्यान्ड, भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, नर्दन मेट्रोपोलिटनकाका काउन्सिलर डा. सामन्था रत्नम, मेल्टन एसेम्ब्लीका स्टीभ म्याक्गी, ग्रानभिल काउन्सिलका इवान वाल्टर्स, क्यालवेलका सदस्य तथा सांसद मारिया भमवाकिनु एमपी, म्याकईवेनका सदस्य सांसद रब मिट्चेल एमपी, भिक्टोरियन बहुसांस्कृतिक आयोगका अध्यक्ष भिभिएन न्यूगेन, ह्यूम सिटीका उपमेयर, मीडो भ्याली वार्डका काउन्सिलर करेन शेर्री लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा एनआरएनए भिक्टोरियाका अध्यक्ष मणि रत्न सापकोटा, अस्ट्रेलियन नेपाली पत्रकार संघका अध्यक्ष चिरञ्जिवी देवकोटा, अस्ट्रेलियाको शरणार्थी समुदाय संघका अध्यक्ष परसु शर्मा लुइटेल तथा दीदी बहिनी समाज भिक्टोरियाका अध्यक्ष रोशनी श्रेष्ठ लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाली पर्व तथा मौलिकताले अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायलाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले उपस्थित सबै दर्शक तथा अतिथिहरुलाई धन्यवाद दिनुभयो। उहाँले नेपाली बहुसांस्कृतिक केन्द्र बनाउने यस अभियानमा साथ दिन सबैलाई आग्रह समेत गर्नुभएको थियो ।

तीज कार्यक्रमलाई ग्रेस इन्टरनेशनल, सुत्र सर्भिसेस, एक्सपर्ट एजुकेशन, रिद्धिसिद्धि गहना पसल, आइसीएस इन्टरनेशनल, बुद्ध ट्राभल्स, रत्न ज्वेलर्सले व्यावसायिक तथा एनएनसीआइ, गुल्मी समाज भिक्टोरिया, हाम्रो कम्युनिटी, चितवन समाज भिक्टोरिया, मेलवर्न नेपाली कम्युनिटी वेस्ट, फोकनर नेपाली समाज, काल्ड भोइसेसले सहयोग गरेका छन् भने मिडियाको रुपमा कनेक्ट नेपाली, लक्ष्मण, केबिसी र एसबिएसले सहकार्य गरेका थिए ।

थप फोटोहरुका लागि यहाँ क्लिक गर्नुहोस्भिडियो

Related Articles

Back to top button